काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)कोे सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । हिजो करिब ६ प्रतिशतले बढेको निफ्राको सेयर मूल्य आज कारोबार खुलेको ४५ मिनेटमै पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढेको छ ।
पछिल्ला दुई दिनमै निफ्राको सेयर मूल्य ५४ रुपैयाँले बढेको छ । आज खरिदकर्ताको ओइरो लागेको छ भने विक्रीकर्ता शून्य छन् । बिहान ११ः४५ बजेसम्म निफ्रको झन्डै पौने ३ लाख कित्ता सेयर कारोबार भइसकेको छ भने ३ लाख ६० हजार बढी कित्ता खरिदका लागि माग भएको छ भने विक्रीकर्ता छैनन् ।
गत वर्षको नाफाबाट ८ प्रतिशत लाभांश समेत घोषणा गरिसकेकाले बैंकले तत्कालै कुनै प्रतिफल दिने सम्भावना नरहे पनि लगानीकर्ता भने एकाएक यसको सेयरमा आकर्षित भएका छन् । यस्तै, बैंकले व्यवसायमा पनि कुनै ठूलो फड्को मारेको छैन् ।
पछिल्लो १ वर्षको समयमा बैंकको सेयर मूल्य झन्डै तीन गुणाले घटेर ओपनिङ मूल्यभन्दा तल आएको थियो । सोही समय सस्तोमा सेयर उठाएकाहरुले प्रफिट बुक गर्न मूल्य उचालेको हुनसक्ने देखिन्छ । प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको निफ्राको सेयर मूल्य १ महिना अघि २६८ रुपैयाँसम्म झरेको थियो ।
अन्य दिनमा सामान्य घट्बढ हुने बैंकको सेयर मूल्य पछिल्ला दुई दिनमा एक्कसी उचालिएको हो । कुनै सकरात्मक समाचार बिनै मूल्य उचालिएपछि बैंकको सेयर स्वार्थ समूहले कर्नरिङ गरेको हुनसक्ने आकलन छ ।
पछिल्लो समय बैंकले क्रमशः व्यवसाय विस्तार गर्दै लगेको छ । यसले केहीवर्षपछि राम्रो प्रतिफल दिने आशामा पनि लगानीकर्ता बैंकको सेयरमा आकर्षित भएको देखिन्छ । तत्कालमा फाइदा नहुने भए पनि दीर्घकालमा राम्रो प्रतिफल दिने आशमा लगानीकर्ता बैंक्को सेयरमा आकर्षित भएको आकलन गर्न सकिन्छ ।
निफ्राले चालू आवको पहिलो त्रैमाससम्म २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । निफ्राले चालू आवको पहिलो त्रैमाससम्म २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिसम्म बैंकले २९ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
२० अर्ब चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषको २ अर्ब ६४ करोड रुपैयाँको उचाइमा पुगेको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ४.८४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११३.२२ रुपैयाँ रहेको छ।