यती एयरलाइन्सका यात्रुले पठाओ चढ्दा २० प्रतिशत छुट पाउने

काठमाडौं । राइडिङ सेयर पठाओ र हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले बीच यात्रुहरूको सहज यात्राका लागि सम्झौता भएको छ ।

 

सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउने छन् । त्यस्तै, कार लाइट (ट्याक्सी) मा पनि ५० प्रतिशत (१७५ रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्नेछन् ।

 

यो अफर बुधबारदेखि लागू भएको जनाइएको छ । काठमाडौं उपत्यकाका यात्रुलाई एयरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताका लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएका हुन् ।

 

भविष्यमा यती एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।

गैरकानुनी काम गरेको भए कारबाही गर्न बतास समूहको चुनौती, उचित क्षतिपूर्ति दिए सम्झौता खारेज गर्ने Read Previous

गैरकानुनी काम गरेको भए कारबाही गर्न बतास समूहको चुनौती, उचित क्षतिपूर्ति दिए सम्झौता खारेज गर्ने

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी