काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशको सिमलचौर ९पोखरा० शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
बैंकले यसअघि प्रधान कार्यालय नारायणहिटी पथ, कमलादी काठमाडौं, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं. १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखाको प्रिभिलेज काउन्टरबाट ग्राहकलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै, आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको छ ।बैंकले हाल देशभरका १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।