शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । कम्पनीले पुस २१ गते बुधबार बनेपा–६ को गोदाम चोक र २६ गते बालाजु, नयाँँ बसपार्कको बीजी मलमा नयाँँ स्टोर खोलेको हो ।

 

शाओमीले आफ्नो स्टोरहरूको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरू खोल्ने योजना बनाएको छ ।

 

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, “यी नयाँँ स्टोरहरू खुले पछि हाम्रा ग्राहकहरूलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँगसँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरू हाम्रो यी नयाँँ स्टोरहरूमा आउनुहुनेछ र हाम्रो नयाँँनयाँँ उत्पादनहरू मन पराउनुहुनेछ ।”

 

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरू खोल्दै ग्राहकहरूलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरू जस्ता सम्पूर्ण रिटेलको कामहरू मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । यी शाखाहरूको सम्पूर्ण रिटेल प्रक्रियाहरू शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप मीको ग्राहकहरूले थुप्रै फाइदाहरू लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनीहरूले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।

 

विद्युत् निर्यात गर्न निजी क्षेत्रलाई लाइसेन्स दिने तयारी Read Previous

विद्युत् निर्यात गर्न निजी क्षेत्रलाई लाइसेन्स दिने तयारी

सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर पोखरामा विस्तार Read Next

सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर पोखरामा विस्तार