जानकी फाइनान्सले घोषणा गर्‍यो ५ वर्ष यताकै कम लाभांश

काठमाडौं । जानकी फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

फाइनान्स सञ्चालक समितिको पुस २७ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

फाइनान्सले प्रस्ताव गरेको यो लाभांश पछिल्लो ५ वर्ष यताकै कम हो । यसअघि फाइनान्सले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट १० प्रतिशत लाभांश् दिएको थियो । त्यसयता फाइनान्सले १८ प्रतिशतभन्दा कम लाभांश दिएको पहिलो पटक हो ।

 

प्रस्तावि लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर पोखरामा विस्तार Read Previous

सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर पोखरामा विस्तार

फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनद्धारा रक्तदान सम्पन्न Read Next

फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनद्धारा रक्तदान सम्पन्न