यी हुन् वार्षिक २५ अर्ब बढी तलब खाने १० सीईओहरू

काठमाडौं । आम मानिसको जागिर खानेलेभन्दा व्यापार व्यवसाय गर्नेले धेरै पैसा कमाउँछन् भन्ने बुझाइ रहेको हुन्छ । हुन पनि विश्वका अधिकांश धनाढ्य व्यापारीहरू  नै रहेका छन् ।

 

जागिर खाँदा निश्चित सेवा सुविधा पाइन्छ । पाउने तलब भत्ता निश्चित हुन्छ । तर, व्यापारमा त्यस्तो कुनै सीमा हुँदैन । व्यापार फस्टाएको बेला एक वर्षमै अर्बौं कमाउन पनि सक्छन् । पछिल्लो समय सूचना प्रविधि क्षेत्रका कम्पनीहरूले वर्षदिनमै खर्बौं नाफामा कमाउने गरेका छन् ।

 

जागिर खाएर अर्बौ कमाउन सकिँदैन भन्ने धेरैलाई लागेको हुनसक्छ । तर विश्वमा केही यस्ता व्यक्ति छन् जसले वर्षमा खर्ब रुपैयाँ समेत तलब खाने गरेका छन् । विश्वका प्रतिष्ठित व्यक्तिहरूले आफ्नो निरन्तरकोे मेहनतपछि सफलता प्राप्त गरेका हुन्छन् र सबैैभन्दा धेरै सेवासुविधा लिने गरेका छन् । यद्यपि, विश्वमा धेरै तलब खाने मध्ये अधिंकाश कम्पनीका मालिकहरू नै आफैं सीईओ रहेका छन् ।

 

वास्तवमा निजी क्षेत्रमा न्यूनतम् बाहेक कति धेरै तलब दिने भन्ने निर्धारणको कुनै मापदण्ड र मान्यता भने छैन् । तर, त्यसको पछाडि कम्पनीको नाफा र व्यापार विस्तारको हिस्सा भने मुख्य विषय बनेको हुन्छ ।

 

विशेषगरी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीले धेरै तलब तथा सुविधा लिन्छन् भन्ने मान्यता राखिन्छ । तर,सूचना प्रविधि र अन्य क्षेत्रका व्यक्तिहरूले पनि उत्तिकै रहेका छन् ।

 

नेपालमा पनि वार्षिक करोडभन्दा बढी तलब खाने व्यक्तिहरू  रहेका छन् । अधिकांश वाणिज्य बैंकका सीईओहरूले वर्षमा करोड बढी तलबभत्ता बुझने गरेका छन् । यसका अलवा अन्य क्षेत्रका कम्पनीका सीईओहरूले पनि करोड बढी तलब खाने गरेको बताइन्छ ।

 

करोड तलब खाने त हामीले देखेका सुनेका छौं । तर, विश्वमा केही यस्ता व्यक्ति पनि छन् जसले वार्षिक अर्बौंदेखि खर्बसम्म तलबभत्ता बुझ्ने गरेका छन् । हामीले यहाँ वार्षिक २५ अर्ब नेपाली रुपैयाँ बढी तलब खाने १० सीईओको बारेमा चर्चा गरेका छौं । ब्लुम्बर्गका अनुसार यी हुन् सन् २०२०/२१ मा विश्वमा सबैभन्दा धेरै तलब खाने सीईओ तथा उच्च कर्मचारीहरू :

 

१. एलन मस्क : मस्क टेस्ला कम्पनीका सीईओ हुन् । उनी हाल संसारका सबैभन्दा धनाढ्य व्यक्तिको सूचीको शिर्ष स्थानमा रहेका छन् । सबैभन्दा धेरै तलब खाने कर्मचारी मध्येका मस्क पहिलो नम्बरमा छन् । उनको वार्षिक तलब ६.२ बिलियन (करिब ७ खर्ब ३७ अर्ब नेपाली रुपैयाँ) रहेको छ ।

 

मस्क टेस्लाका मालिक र प्रमुख कार्यकारी अधिकृत दुवै आफैं हुन् । विश्व प्रसिद्ध म्याग्जिन फोर्स्बका अनुसार हाल उनको सम्पत्ति २७६.८ बिलियन अमेरिकी डलर रहेको छ ।

 

२.माइक पेक्वइज : विश्वमा दोस्रो धेरै तलब खाने सीईओमा माइक पेक्वइज रहेका छन् । उनको तलब सन् २०२० मा वार्षिक ५६८ मिलियन अमेरिकी डलर (करिब ६७ अर्ब ६० करोड रुपैयाँ) रहेको थियो ।

 

उनी मध्यपश्चिमा वयस्कहरूका लागि मेडिकेयरमा प्राथमिक हेरचाह केन्द्रको नेटवर्क ओक स्ट्रिथ कम्पनीका सीईओ हुन् । उनले हाडर्वडस्कुलबाट जेडी र नोट्रे डेम विश्वविद्यालयबाट बायोकेमिस्ट्रीमा बीएस गरेका छन् ।

 

३.ट्रेवर बेजडेक : ट्रेवर स्वास्थ्य सेवाको सबैभन्दा ठूलो बजार गुडआर एक्स होल्डीका सहायक कार्यकारी प्रमुख हुन् । उनको वार्षिक तलब ४९७ मिलियन डलर (करिब ५९ अर्ब १४ करोड रुपैयाँ) रहेको ब्लुम्बर्गले जनाएको छ । अमेरिकी नागरिक बेजडेक कम्पनीका सह–संस्थापक समेत रहेका छन् । उनले सन् १९९९ मा स्र्टयानफोर्ड विश्वविद्यालयबाट जैविक र कम्प्युटर साइन्समा स्नातक गरेका हुन् ।

 

४. डगलस हिर्ष : हिर्ष पनि गुड आर एक्स कम्पनीकै सह–सीईओ हुन् । उनको वार्षिक तलब ४९७ मिलियन अमेरिकी डलर (करिब ५९ अर्ब १४ करोड रुपैयाँ) रहेको छ । अमेरिकी नागरिक हिर्सले टफ्ट्र्स विश्वविद्यालयबाट स्नातक गरेका थिए ।

 

अमेरिकामा थोरै खर्च गरेर उच्च स्तरको स्वास्थ्यसेवा उपलब्ध हुनुपर्ने अवधारणा सहित डगसले गुडआर एक्स कम्म्पनीको स्थापना गरेका थिए । उनी सो कम्पनीका सहायक संस्थापक पनि हुन् ।

 

५.यरिक यू : संसारको सबैभन्दा धेरै तलब खाने शिर्ष पाँचौँ तहमा छन् यरिक यू । उनको वार्षिक तलब ३८८ मिलियन अमेरिकी डलर (करिब ४६ अर्ब १७ करोड रुपैयाँ)रहेको छ । यू ओपन डोर कम्पनीका सीईओ अर्थात सहायक संस्थापक हुन् । ओपन डोर अनलाइन व्यवसाय हो जुन प्लेटफर्म मार्फत घर किनबेच गर्न सकिन्छ । उनले एरिजोना विश्व विद्यालयबाट अर्थशास्त्र र विज्ञानमा स्नातकसम्मको औपचारीक शिक्षा हासिल गरेका छन् ।

 

६.एलेक्स कार्प : कार्प अमेरिकी अर्बपति हुन् । उनी प्लान्टिर टेक्नोलोजीका सीईओ र सहायक संस्थापक हुन् । उनको वार्षिक तलब ३६९.५५ मिलियन अमेरिकी डलर (करिब ४३ अर्ब ९१ करोड रुपैयाँ) रहेको छ । प्लान्टीर टेक्नोलोजी एक अमेरिकी सफट्वेयर कम्पनी हो जसले डेटा विश्लेषण सम्बन्धि काम गर्दछ । कार्पले सन् १९८९ मा ह्याभरफोर्ड पेन्सलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयबाट डाक्टर गरेका थिए ।

 

७. जेफ्री प्राइस् : जेफ्री वयस्कहरूका लागि मेडिकेयरमा प्राथमिक हेरचाह केन्द्रको नेटवर्क ओक स्ट्रिथ कम्पनीका प्रमुख अपरेटिङ अफिसर र सहायक संस्थापक हुन् । उनको वार्षिक तलब ३५६.२७ मिलियन अमेरिकी डलर (करिब ४२ अर्ब ३६ करोड रुपैयाँ) रहेको छ ।

 

उनले ओक स्ट्रीट हेल्थभन्दा पहिले, ज्योफले बोस्टन कन्सल्टिङका रूपमा विभिन्न स्वास्थ्य सेवा परियोजनाहरूमा काम गरेका थिए । उनले औपचारीक शैक्षक योग्यता इलिनोइस अर्बाना विश्वविद्यालयबाट इन्जिनीयरिङमा बीएस र हाडवर्ड विश्वविद्यालयबाट एमबीए गरेका थिए ।

 

८.टिम कुक : विश्वका सबैभन्दा धेरै तलब खाने सीईओको आठौं स्थानमा रहेका छन् टिम कुक । उनी अमेरिकी सूचना प्रविधि कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत हुन् । उनको वार्षिक तलब २६५ मिलियन अमेरिकी डलर ( करिब ३१ अर्ब ५३ करोड रुपैयाँ) रहेको छ ।

 

सन् २०११ मा एप्पल आइन्स कम्पनीको सीईओमा कुक नियुक्त भएका थिए । उनको कार्यकालमा कम्पनीको व्यापार र नाफा दोब्बरले बढेको थियो । उनले डयूक विश्वविद्यालयबाट एमबीए र अर्बन विश्वविद्यालयबाट औद्योगिक इन्जिनीयरिङ विषयमा स्नातकोत्तर गरेका छन् ।

 

९.ग्रिफिन मायर्स : अमेरिकी कम्पनी मायर्स ओक स्ट्रिटमा कार्यरत प्रमुख मेडिकल अफिसर हुन् । संसारका सर्वाधिक तलब खाने कर्मचारीहरूको नवौं नम्बरमा उनको नाम छ । उनको वार्षिक तलब २२१.३५ मिलियन अमेरिकी डलर (करिब २६ अर्ब २९ करोड) रहेको ब्लुम्बरले जनाएकोे छ । उनी सो कम्पनीका सहायक संस्थापक समेत हुन् । मायर्सले डेभिडसन विश्वविद्यालयबाट बीएस, शिकागोबाट एमबीए गरेका छन् ।

 

१०. चार्ड रिच्सन : उनी पेयकम सफ्टवेयर कम्पनीका सीईओ र संस्थापक हुन् । संसारका सबैभन्दा धेरै तलब खाने कर्मचारीहरू मध्ये उनी शिर्ष १० स्थानमा पर्छन् । चार्डको वार्षिक तलब २२० मिलियन अमेरिकी डलर (करिब २६ अर्ब १८ करोड रुपैयाँ) रहेको छ । उनी संसारका धनाढ्यहरूको सूचीको ३०० स्थानमा समेत रहेका छन् । उनको कम्पनी पेकमले मानव संशोधन सेवाहरू प्रदान गर्दछ । उनले बीएसम्मको औपचारिक शिक्षा हासिल गरेका थिए ।

 

 

अब बीमा कम्पनीले ३ महिना भित्र सीईओ नियुक्त गरिसक्नु पर्ने Read Previous

अब बीमा कम्पनीले ३ महिना भित्र सीईओ नियुक्त गरिसक्नु पर्ने

१० क्यासिनोलाई पुसभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन Read Next

१० क्यासिनोलाई पुसभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन