अब बीमा कम्पनीले ३ महिना भित्र सीईओ नियुक्त गरिसक्नु पर्ने

काठमाडौं । अब बीमा कम्पनीहरूले प्रमुख कार्यकारी अधिकृत(सीईओ) रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्त गरिसक्नुपर्ने भएको छ ।

 

नियामक निकाय बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संसोधन मार्फत यस्तो व्यवस्था गरेको हो । संस्थागत सुशासन र बीमकको संञ्चालनमा असर पर्ने भएकाले सो व्यवस्था गरिएको समितिले जनाएको छ ।

 

‘बीमकमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्त गरिसक्नुपर्ने छ,’ समितिले संसोधन गरेको निर्देशिकामा उल्लेख छ ।

 

योसँगै हाल संञ्चालनमा रहेका दुई जीवन र दुई निर्जीवन बीमा कम्पनीहरुले तोकिएको समयभित्रै सीईओ नियुक्त गरिसक्नुपर्ने भएको छ ।
हाल नेपाल लाइफ, रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीमा सीइओको पद रिक्त रहेको छ ।

छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Previous

छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

यी हुन् वार्षिक २५ अर्ब बढी तलब खाने १० सीईओहरू Read Next

यी हुन् वार्षिक २५ अर्ब बढी तलब खाने १० सीईओहरू