१० क्यासिनोलाई पुसभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन

काठमाडौं । पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ ।

 

विभागले आज सार्वजनिक सूचना जारी गर्दै सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेको हो ।

 

विभागले क्यासिनो नियमावली, २०७० अनुरुप सञ्चालित कम्पनीहरुले आव २०७७/७८ को इजाजत पत्र नवीकरण दस्तुर र आव २०७८/८९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न अनुरोध गरेको छ ।

 

आव २०७६/७७ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला गरेको र नवीकरणका लागि २०७८ पुस समान्तभित्र दाखिला नगरेमा आर्थिक ऐन, २०७८ को दफा १६ (४) बमोजिम थप शुल्क तथा वार्षिक थप शुल्क लाग्ने छ । साथै समयमा नवीकरण नभएका कम्पनीको हकमा क्यासिनो नियमावलीमा व्यवस्था भएबमोजिम इजाजत पत्र रद्द हुने विभागले स्पष्ट पारेको छ ।

 

रोयल्टी र नवीकरण दस्तुर नबुझाउने कम्पनीहरुमा होटल सांग्रीलाको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालि, तारागाउँ रिजेन्सी होटल परिसरको प्राइड इन्टरटेनमेन्ट, होटल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिययसन, मल्ल होटल परिसरको बेल्लिज नेपाल र एभरेष्ट हस्पिटालिटी एन्ण्ड होटलको डेल्टइन नेपाल प्रालि छन् ।

 

त्यस्तै होटल टाइगर रुपन्देहिको एसएचएल म्यानेजमेन्ट सर्भिसेज, भ्यू होटल सिचद्धार्थ परिवारले चलाएको ज्याकपट गेमिङ सेन्टर, बाराको इच्चा होटलमा रहेको स्माइल कलेक्सन, होटल सोल्टी थिवक्रिम होटेल्स तथा रिसोर्टस् काँकेको इम्पेरियल इन्टरनेश्नल र काठमाडौँको सोल्टी होटलमा सञ्चालित माजोङ इन्टरटेनमेन्ट प्रालि छन्

यी हुन् वार्षिक २५ अर्ब बढी तलब खाने १० सीईओहरू Read Previous

यी हुन् वार्षिक २५ अर्ब बढी तलब खाने १० सीईओहरू

हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन गर्ने, उत्पादन क्षमता दैनिक ३ हजार टन Read Next

हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन गर्ने, उत्पादन क्षमता दैनिक ३ हजार टन