सीजी ब्राण्डको ‘सीजी मेरिडिया’ प्रिमियम टीभी बजारमा

काठमाडौं । सीजी ब्राण्ड अन्तर्गत सीजीले आफ्नो ‘सीजी मेरिडिया’ प्रिमियम टीभी बजारमा ल्याएको छ ।

 

कला र प्रविधिको उतकृष्ट मिलन मान सकिन्ने सीजी मेरिडियाको यस टीभी ‘बेजललेस डिजाइन’ जसले अगाडिको भागलाई पूर्ण रुपमा स्क्रीन मात्र बनाउन मद्दत पुर्याएको छ, भने आकर्षकताका लागि ‘डायमन्ड कट’ डिजाइन प्रयोग गरिएको यस टीभी रोमान्टिक आइफील टावरको स्ट्यान्डबाट प्रेरित सीजी ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो ।

 

आफ्ना सुरूआती दिनहरूदेखि नै सीजी ब्राण्डले नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कुरा सर्वबिदितै छ । प्रविधिको क्षेत्रमा नवीनता र आयम भित्र्याउँदै सीजी ब्राण्ड हरेक नेपालीको मनमा बस्न सफल भएको छ ।

 

प्रविधि र नवीनतमा विशेष चासो राख्ने सीजी ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ ।

 

बजारमा आएको यस ‘सीजी मेरिडिया’ अल मेटल फ्रेम टीभी अत्याधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको टीभी हो । यस टीभीको मूख्य आकर्षण ‘पूर्णरुपको स्क्रीन हो जसले गुणस्तर तस्वीर, फराकिलो दृश्य कोण, इन्टीग्रेटेड अडियो जस्ता विशेषताहरू प्रदान गर्दछ ।

 

मेरिडिया टीभीको हो अर्को आकर्षक बिशेषता ‘स्ट्रीमलाइन कभर’ प्रविधि जसले ग्राहकलाई वेब एक्सेसको सुविधा प्रदान गर्दछ । उक्त टीभीमार्फत ग्राहकले सजिलै यूट्यूब र आफ्ना सामाजिक सञ्जालमा प्रवेश गर्न पाउँनेछन् भने गुगल प्लेस्टोर र एपल स्टोरबाट आफूले चाहेको एप्सहरू डाउन्लोड गर्न सक्नेछन् ।

 

प्रिमियम उत्पादनहरूमध्ये एक पर्ने यस टीभीको इन ब्यूल्ट साउन्डबार स्पीकर पनि अर्को लोभलाग्दो पक्ष हो जसले ग्राहकलाई भर्चुअलरुपमा घेर्ने, प्रष्ट र थियेट्रीक साउन्ड प्रदान गर्दछ । फ्रेमका लागि अल मेटल अवधारणाले यस टीभीलाई झनै आकर्षक र स्निग्ध बनाएको छ ।

 

त्यसैगरी, मेरिडिया टीभी, अन्य विशेषताहरू जस्तै, कर्भ स्ट्यान्ड, पातलो बनावटले, यस टीभीलाई ‘वाल(माउण्ट’ का लागि अत्यन्तै सही, सुरक्षित, र व्यवहारिक टीभी रहेको कम्पनीले बताएको छ ।

 

सीजी ब्राण्डले आउने दिनहरूमा ‘सीजी मेरिडिया प्रिमियम सेगमेण्ट’ अन्तर्गत अरू पनि थुप्रै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने कम्पनीले जनाएको छ

गरिमा विकास बैंकको लाभांश घोषणा Read Previous

गरिमा विकास बैंकको लाभांश घोषणा

ग्वार्को फलाइओभरको ठेक्कामा पहिला फेल भएको कम्पनीलाई दोस्रो पटकमा गराइयो पास Read Next

ग्वार्को फलाइओभरको ठेक्कामा पहिला फेल भएको कम्पनीलाई दोस्रो पटकमा गराइयो पास