काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको पुस २१ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।गरिमाले गत वर्ष सहारा विकास बैंकलाई प्राप्ति गरेकाले कर छुट पाउने हुँदा नगद लाभांश भने छुट्याएको छैन ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।