हिमालयन जनरल इन्स्योरेन्सले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको पुस २१ गते बसेको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीलाई ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

इन्स्योरेन्सले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा ०.२५ प्रतिशत बढी हो । सो आवमा इन्स्योरेन्सले ६.७५ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

सरकारका कारण निर्जीवन बीमा कम्पनीका लगानीकर्ताले नगद लाभांश नपाउने Read Previous

सरकारका कारण निर्जीवन बीमा कम्पनीका लगानीकर्ताले नगद लाभांश नपाउने

गरिमा विकास बैंकको लाभांश घोषणा Read Next

गरिमा विकास बैंकको लाभांश घोषणा