१०% माथि ‘क्रस होल्डिङ’ भएका लघुवित्त अनिवार्य मर्जमा जानुपर्ने, असारभित्र कार्य योजना पेश गर्नुपर्ने

काठमाडौं । अब १० प्रतिशभन्दा बढी सेयर स्वामित्व ‘क्रस होल्डिङ’ भएका लघुवित्त वित्तीय संस्थाहरु अनिवार्य रुपमा मर्जरमा जानु पर्ने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै कुनै वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको लघुवित्त संस्थाहरुमा १० प्रतिशतभन्दा बढी सेयर दोहोरो लगानी भएमा उनीहरुको मर्जर जानुपर्ने व्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकले १० प्रतिशत बढी सेयर क्रस होल्डिङ भएका लघुवित्तहरुलाई २०७९ असार भित्र मर्जरको कार्य योजना पेश गर्न निर्देशन दिएको छ । सो अवधिभित्र अब क्रस होल्डिङ भएका लघुवित्तहरुले एकआपसमा गाभ्ने गाभिने कार्ययोजना बनाइ सक्नुपर्नेछ ।

 

लघुवित्तहरुले राष्ट्र बैंकको निर्देशन अनुसार आफ्नो क्षेत्रमा पर्ने संस्थाहरु कुन कुन हुन् र कहिलेसम्म मर्ज गर्ने भनेर कार्ययोजना बुझाउनु पर्ने हुन्छ।

 

यसरी, क्रस होल्डिङ भएका दुईरतीन वटा संस्था मिल्दा ५१ प्रतिशत सेयर पुग्ने रहेछ भने पनि मर्जरका लागि कार्ययोजना बुझाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

यी हुन् अर्बपति बैंकर्सहरू, कसको कति छ सम्पत्ति ? Read Previous

यी हुन् अर्बपति बैंकर्सहरू, कसको कति छ सम्पत्ति ?

२ लघुवित्तसहित ४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

२ लघुवित्तसहित ४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?