२ लघुवित्तसहित ४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत ४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस २० गते) अन्तिम दिन रहेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स र मल्टिप्रपोज फाइनान्सले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

चारै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस २१ गते)बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

जनउत्थान लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले पुस ३० गते वार्षिक साधरण सभा बोलाएको छ ।

 

त्यसैगरी, कालिका लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको १३ प्रतिशत बोनस सेयर लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधरण सभा बोलाएको छ ।

 

त्यस्तै, पोखरा फाइनान्सले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित पुस ३० गते वार्षिक साधरण सभा बोलाएको छ । फाइनान्सले आर्थिक वर्ष २०७७र७८को मुनाफाबाट प्रस्ताव गरेको ८.०७५ प्रतिशत बोनस र ०.४२५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

त्यसैगरी,मल्टिप्रपोज फाइनान्सले गत वर्षको नाफाबाट घोषणा गरेको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधरण सभा बोलाएको छ । फाइनान्सको सभा केन्द्रीय कार्यालय राजविराजमा हुनेछ ।

 

चार वटै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

१०% माथि ‘क्रस होल्डिङ’ भएका लघुवित्त अनिवार्य मर्जमा जानुपर्ने, असारभित्र कार्य योजना पेश गर्नुपर्ने Read Previous

१०% माथि ‘क्रस होल्डिङ’ भएका लघुवित्त अनिवार्य मर्जमा जानुपर्ने, असारभित्र कार्य योजना पेश गर्नुपर्ने

जुम्ला-जाजरकोट सुरुङमार्गको सम्भाव्यता अध्ययनका सुरू Read Next

जुम्ला-जाजरकोट सुरुङमार्गको सम्भाव्यता अध्ययनका सुरू