गुण एयरलाइन्सको काठमाडौं-सुर्खेत उडान सुरू, भाडादर कति ?

काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गरेकाे छ ।

 

सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गरेकाे हो ।हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ ।

 

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरु  गरेको जानकारी दिए ।

 

काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौैँ–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२० रुपैयाँ भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने जनाएको छ ।

 

प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ः२० बजे काठमाडौँबाट उडान भर्दै आएको छ ।

४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

सरकारी स्वामित्वका तीन वटै बैंक 'मर्ज भएमा' कस्तो बन्ला नयाँ बैंक ? Read Next

सरकारी स्वामित्वका तीन वटै बैंक 'मर्ज भएमा' कस्तो बन्ला नयाँ बैंक ?