अब ३ करोड बढीको वस्तु आयात गर्दा अनिवार्य एलसी खोल्नुपर्ने

काठमाडौं। अब  भारु ३ करोड रुपैयाँ बढुको वस्तु आयात गर्दा अनिवार्य रुपमा प्रतितपत्र (एलसी) खोल्नु पर्ने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै भारुमा गरिने आयातको सीमा घटाउँदै यस्तो व्यवस्था गरेको हो । यसअघि ५ करोड रुपैयाँभन्दा बढिको वस्तु आयात अनिवार्य रुपले प्रतितपत्रमार्फत गर्नु पर्ने व्यवस्था थियो ।

 

यस्तै, प्रतीतपत्र, ड्राफ्ट वा टीटीको माध्यमबाट सामान आयात गर्दा प्रचलित व्यवस्था बमोजिम २ वा १० प्रतिशत धरौटी लिनुपर्नेछ र सो रकमबाट भंसार महसुल बुझाउने प्रयोजनको लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउनु पर्नेछ ।

 

तर विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत् हुने आयातको हकमा चेक जारी गर्न पाइने छैन । उल्लिखित धरौटी रकम भने लिनु पर्नेछ ।

 

लोडसेडिङको झल्को दिनेगरी किन गइरहेको छ बिजुली ? यसो भन्छन् कुलमान Read Previous

लोडसेडिङको झल्को दिनेगरी किन गइरहेको छ बिजुली ? यसो भन्छन् कुलमान

एनएमबी बैंकका ग्राहक र कर्मचारीले हिमालय दृश्य होटेलमा २० प्रतिशतसम्म छुट पाउने Read Next

एनएमबी बैंकका ग्राहक र कर्मचारीले हिमालय दृश्य होटेलमा २० प्रतिशतसम्म छुट पाउने