काठमाडौं । एनएमबी बैंक र हिमालय दृश्य होटेल, धुलिखेल बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले होटलमा खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
सम्झौतापत्रमा एनएमबी बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ्ग बबिता पाण्डेले हस्ताक्षर गरे ।
अत्याधुनिक बैंकिङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी सहकार्य गरेको हो ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।