काठमाडौं । चन्द्रागिरि हिल्सले आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि केबलकारको टिकट बुकिङ गर्दा ३० प्रतिशत क्यासब्याक दिने भएको छ ।
कम्पनीले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको हो । कम्पनीका अनुसार आइएमई एपबाट टिकट खरिद गर्नेले मात्र ३० प्रतिशत क्यासब्याक पाउने छन् ।
यो योजना पुस १५ देखि १७ गते (बिहीबारदेखि शनिबारसम्म) मात्र लागू हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।