टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको तीन वर्षे कार्यकाल सकिन एक हप्ता अघि नै बिदामा बसेपछि सरकारले निमित्त प्रबन्धमा वैद्य नियुक्त गरेको हो ।

 

अधिकारीको कार्यकाल पुस २२ मा सकिँदैछ । वैद्य हाल टेलिकमको प्रमुख प्राविधिक अधिकृतमा कार्यरत छिन् । नयाँ प्रबन्ध निर्देशक नियुक्ति नहुँदासम्म वैद्य निमित्त प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहनेछिन् ।

भारतमा रहेको आइफोन प्लान्टलाई एप्पलले ‘परीक्षण’ सञ्चालन गर्ने Read Previous

भारतमा रहेको आइफोन प्लान्टलाई एप्पलले ‘परीक्षण’ सञ्चालन गर्ने

चन्द्रागिरि केबलकारको नयाँ वर्ष अफर : आइएमई पेबाट टिकट काट्दा ३०% क्यासब्याक Read Next

चन्द्रागिरि केबलकारको नयाँ वर्ष अफर : आइएमई पेबाट टिकट काट्दा ३०% क्यासब्याक