काठमाडौं । इमेल मार्फत कुमारी बैंकलाई सिस्टम ह्याक गर्ने धम्की आएको छ । बिहीबार अज्ञात समूहले इमेल पठाउँदै कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो ।
साउदी ग्रुप अफ कम्पनी नामबाट आएको इमेलमा बैंकको सिस्टम ह्याक गरी पैसा लगिने उल्लेख गरिएको जनाइएको छ । सिस्टम ह्याक गर्ने धम्की आएपछि अहिले बैंकिङ क्षेत्र तरंगित भएको छ ।
आफूलाई आएको इमेल बारे कुमारी बैंकले नेपाल राष्ट्र बैंकलाई जानकारी समेत गराएको छ । कुमारीले ह्याक गर्ने धम्की आएको जानकारी गराएसँगै राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई सचेतना अपनाउन भनेको छ ।
यसअघि पनि गत साउनमा एकैपटक १५ वटा बैंक तथा वित्तीय संस्थाको सिस्टम ह्याक गरी पैसा चोर्ने धम्कीसहितको इमेल आएको थियो ।