बारामा साढे ३ अर्बको अगहनी धान उत्पादन

कलैया । बारामा किसानले यसवर्ष ३ अर्ब ५३ करोड ९४ लाख बराबरको १ लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् ।

 

उत्पादित धान व्यापारीले प्रति क्विन्टल २ हजार ५०० का दरले खरिद गरेका छन् । अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए । यस वर्ष किसानले सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११ र राधा ९ जातका धान ३४ हजार ११५ हेक्टरमा लगाएका थिए ।

 

बाली विकास अधिकृत राजकरण साहका अनुसार आर्थिक वर्ष २०७७/७८ मा किसानले अगहनी धान ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए । प्रति हेक्टर चार दशमलव २५ मेट्रिक टनका दरले एक लाख ४५ हजार २०१ मेट्रिक टन धान उत्पादन भएको थियो ।

कुमारी बैंकको सिस्टम ह्याक गर्ने धम्की, सचेत रहन आग्रह Read Previous

कुमारी बैंकको सिस्टम ह्याक गर्ने धम्की, सचेत रहन आग्रह

काठमाडौं-सिमराको हवाइ टिकट १५०० रुपैयाँमा Read Next

काठमाडौं-सिमराको हवाइ टिकट १५०० रुपैयाँमा