दरबारमार्ग र ठमेलको रात्रिकालीन सेवा अब झम्सीखेलको ‘अपटाउन लाउन्ज एण्ड क्लब’मा

ललितपुर । ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालन भएको छ । झम्सीखेलमा आज (पुस १५ गते)देखि लाउन्ज सञ्चालनमा आएको हो ।

 

कोरोना कहरका कारण सारा व्यवसाय ठप्प भएकै बेला हिम्मतिला युवा व्यवसायीहरुको सामूहिक लगानीमा सञ्चालनमा आउन लागेको उक्त रेष्टुराँमा चाइनिज, थाइ, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाइन्छ ।

 

हाइजेनिक खानाका परिकार मात्रै नभइ हरेक दिन फरक–फरक सांगितिक लाईभ कार्यक्रम समेत प्रस्तुत गरिने ‘अपटाउन लाउन्ज एण्ड क्लब’का अध्यक्ष आदित्य मिश्रले जानकारी दिए ।

 

फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेष्टुराँ सञ्चालनमा ल्याउन लागेको मिश्रको भनाइ छ । रेष्टुराँमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गरिने गरी व्यवस्था गरिएको छ । जसका लागि टेरेस रुम, भीआइपी रुम, लाइभ रुम, फेमेलि रुम लगायतको व्यवस्था रहेको मिश्रले बताए ।

संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।रेष्टुरेन्ट बिहान ११ बजेदेखि राति २ बजेसम्म संचालनमा आउनेछ । बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन गरिने छ ।

 

विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राइड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोल लगायतका फरक–फरक स्वादका खानाहरु उपलव्ध छन् । झम्सीखेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजनाका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको अध्यक्ष मिश्रले जानकारी दिए ।

 

अपटाउन रेष्टुरेन्टमा पाँच दर्जन बढीले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । झम्सीखेल चोकमै रहेको रेष्टुरेन्टको भित्री भागका साथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर झम्सीखेलको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिन्छ । रेष्टुरेन्टमा प्रयोग गरिने धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् खरिद गर्ने योजना रहेको छ ।

पब र क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि छ है भन्ने सन्देश दिन पनि ‘अपटाउन लाउन्ज एण्ड क्लब’को आइडिया फुरेको अर्का संञ्चालक गौरव जैनले बताए । नयाँ वर्षको अवसरमा ‘अपटाउन लाउन्ज एण्ड क्लब’ले विशेष अफरसहितका कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

 

ललितपुरको मुख्य केन्द्र मानिने झम्सीखेलमा सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने हिसाबले रेष्टुरेन्ट संचालनमा ल्याइएको अध्यक्ष मिश्रले बताए । नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउञ्जमा लाईटिङ सिस्टम हाइ टेक्नोलोजि काइनेटीक, आरजिवी स्टीप सहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ ।

 

खेलप्रेमीहरुलाई समेत मध्यनजर गर्दै ३ वटा उच्च स्तरीय ठुलो पर्दाको एलईडी स्क्रीनको समेत व्यवस्था गरिएको छ । रेष्टुराँ सञ्चालनमा आइसके पनि औपचारिक उद्घाटन भने केही दिनपछि गरिने मिश्रको भनाइ छ ।

 

एनसीसी बैंकका ग्राहकले ४ तारे होटल सिराइचुलीमा २५ प्रतिशतसम्म छुट पाउने Read Previous

एनसीसी बैंकका ग्राहकले ४ तारे होटल सिराइचुलीमा २५ प्रतिशतसम्म छुट पाउने

शाङ्घाइ मेट्रो नेटवर्क बन्यो विश्वको सबैभन्दा लामो मेट्रोलाइन Read Next

शाङ्घाइ मेट्रो नेटवर्क बन्यो विश्वको सबैभन्दा लामो मेट्रोलाइन