सांघाइ । आज (डिसेम्बर ३०) देखि दुईवटा नयाँ मेट्रो लाइनहरू संचालनमा आएसँगै चीनको शाङ्घाइको मेट्रो नेटवर्क विश्वकै सबैभन्दा लामो मेट्रोलाइन बनेको छ ।
संचालनमा आएका दुई मेट्रोलाइन सहित कुल लम्बाइ ८३१ किलोमिटर पुग्ने छ । यो संसारको सबैभन्दा लामो हुने शाङ्घाई मेट्रोले जनाएको छ।
थप दुई नयाँ लाइनको उद्घाटनले शाङ्घाईमा पूर्ण स्वचालित मेट्रो लाइनहरूको कुल संख्या ५ पुगेको छ ।