एनसीसी बैंकका ग्राहकले ४ तारे होटल सिराइचुलीमा २५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ ।

 

बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो ।

 

होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत, र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ । हालसम्म एनसीसी बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

 

बैंकले हाल देशभरका १३७ शाखा, ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

सानिमा बैंकको नयाँ वर्ष धमाका : ३ जनाले आइफोन १३ र दुई जोडीलाई इन्डोनेसिया भ्रमण जाने अवसर Read Previous

सानिमा बैंकको नयाँ वर्ष धमाका : ३ जनाले आइफोन १३ र दुई जोडीलाई इन्डोनेसिया भ्रमण जाने अवसर

दरबारमार्ग र ठमेलको रात्रिकालीन सेवा अब झम्सीखेलको ‘अपटाउन लाउन्ज एण्ड क्लब’मा Read Next

दरबारमार्ग र ठमेलको रात्रिकालीन सेवा अब झम्सीखेलको ‘अपटाउन लाउन्ज एण्ड क्लब’मा