काठमाडौं । साहसिक पर्यटन हब कुश्मामा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ समेत सुरु भएको छ ।
विश्वकै दोस्रो अग्लो बन्जी, विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालन गरिरहेको द क्लिफ प्रालिले कम्पनीले कालीगण्डकी माथिको भीरमा स्काइ साइक्लिङ निर्माण गरेको हो ।
साइक्लिङ दुईतर्फी गरी ६०० मिटर रहेको कम्पनीले बताएको छ । उक्त साइक्लिङ खेल्न प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले अहिले शुभारम्भ छुट अन्तर्गत १ हजार रुपैयाँ छुट दिएकाले २ हजार ५०० साइक्लिङ गर्न पाइने छ । यस्तै, बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल बन्जी, जिपलाइन, गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काई चियर, घोडाचडी लगायत एडभेन्चर खेलहरु संचालनमा ल्याएको छ ।