सेनेगल । पश्चिम अफ्रिकी मुलुक सेनेगलको राजधानी डाकरबाट सोमबारदेखि विद्युतीय रेल चल्न थालेको छ।
समाचार संस्था रोयटर्सका अनुसार डाकरदेखि ४० किलोमिटर टाढाको सहर डायमनिआडिओलाई जोड्ने रेलको सोमबार राष्ट्रपति म्याकी सालले उद्घाटन गरेका छन्।
सन् १९६० मा फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएको सेनेगलले पहिलो पटक आफैंले नयाँ रेलमार्ग बनाएको हो। १.३ अर्ब अमेरिकी डलर (करिब १५६ खर्ब रुपैयाँ) खर्च भएको रेलमार्ग ५ वर्षमा बनेको हो।
रेलमार्ग बनेपछि राजधानी डाकरको प्रदुषण कम हुने र सवारी जाम पनि सहज हुने अपेक्षा गरिएको छ। उक्त रेलबाट दैनिक १ लाख १५ हजार यात्रुले सेवा पाउने अपेक्षा गरिएको छ। एजेन्सी