सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना, सीईओलाई पक्राउ गर्न माग

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगर शाखाको रकम हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् ।

 

हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले आज पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको जानकारी दिए ।

 

बैंकमा करिब १६ करोड रुपैयाँ हिनामिना भएको र सो रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब १४ करोड रुपैयाँभन्दा बढी रकमको कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फँसेको बताइएको छ ।

 

रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई सो रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका छन् । “मेरो छोरा निर्दोष छ । परिबन्दमा परेर फसेको हो”, बुबा अमृतप्रसादले भने ।

नेपाल पुनर्बीमासहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

नेपाल पुनर्बीमासहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

चिनियाँ नाका हुँदै आयात हुने सामान महँगिए, अघोषित नाकाबन्दीले निर्यात शून्य Read Next

चिनियाँ नाका हुँदै आयात हुने सामान महँगिए, अघोषित नाकाबन्दीले निर्यात शून्य