नेपाल पुनर्बीमासहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस १३ गते) अन्तिम दिन रहेको छ । नेपाल पुनर्बीमा कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र मितेरी डेभलपमेन्ट बैंकले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

तीनै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस १४ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

नेपाल पुनर्बीमा कम्पनीले गत गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २२ गते वार्षिक साधरण सभा बोलाएको छ । सभा कार्की बैंक्वेट, बबरमहल काठमाडौंमा हुनेछ ।

 

त्यसैगरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट घोषणा गरेको ३० प्रतिशत बोनस सेयर लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा हुनेछ ।

 

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित पुस २८ गते वार्षिक साधरण सभा बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित गर्न सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान १ सुनसरीमा साधरण सभा बोलाएको हो ।

 

तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रथम बीमा शुल्कमा नेपाल लाइफको अग्रता, मंसिरमा ३ अर्ब संकलन Read Previous

प्रथम बीमा शुल्कमा नेपाल लाइफको अग्रता, मंसिरमा ३ अर्ब संकलन

सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना, सीईओलाई पक्राउ गर्न माग Read Next

सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना, सीईओलाई पक्राउ गर्न माग