लक्ष्मी बैंकको लाभांश पारित

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ११.५ प्रतिशत लाभांश पारित भएको छ ।

बैंकको पुस ८ गते सम्पन्न एक्काइसौं वार्षिक साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो । बैंकले सेयरधनीलाई गत वर्षको नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

 

बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

 

आव २०७७/७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पुर्या एको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । सो आवमा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

 

कतारमा विदेशी श्रमिकको तलब वृद्धि, लाखौं नेपाली लाभान्वित हुने Read Previous

कतारमा विदेशी श्रमिकको तलब वृद्धि, लाखौं नेपाली लाभान्वित हुने

४ महिनामा पनि टुंगो लागेन तीनकुने आर्क ब्रिजको ठेक्का, अख्तियारमा मुद्दा पर्दा रोकियो प्रक्रिया Read Next

४ महिनामा पनि टुंगो लागेन तीनकुने आर्क ब्रिजको ठेक्का, अख्तियारमा मुद्दा पर्दा रोकियो प्रक्रिया