कतारमा विदेशी श्रमिकको तलब वृद्धि, लाखौं नेपाली लाभान्वित हुने

काठमाडौं । नेपाली श्रमिकका लागि रोजगारीको गन्तव्य मुलुक कतारमा विदेशी श्रमिकहरुको पारिश्रमिक वृद्धि भएको छ ।

 

कतार सरकारले १ हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी कामदारको पारिश्रमिक झन्डै दोब्बरले बढाएको हो । प्रतिमहिना १ हजार रियालभन्दा कम आम्दानी भएका श्रमिकको तलब १ हजार ८०० रियाल पुर्याइएको नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

 

दूतावासका अनुसार अब खान‚ बस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी १ हजार रियल तलब दिनुपर्ने र यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक १ हजार ८०० रियाल दिनै पर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ ।

 

खाडीको देश कतार नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमध्ये एक हो । कतारले सन् २०२२ को विश्वकप आयोजना गर्ने निश्चित भएसँगै आप्रवासी श्रमिकमाथि लगाएका विभिन्न नियम परिवर्तन गरिरहेको छ ।

 

कतार सरकारको पछिल्लो यो निर्णयले कतारमा कार्यरत नेपाली श्रमिकलाई पनि फाइदा पुग्नेछ । यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरहेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन्।

हेलिकोप्टरबाट डोजर लगेर हिमालको काखमा सडक Read Previous

हेलिकोप्टरबाट डोजर लगेर हिमालको काखमा सडक

लक्ष्मी बैंकको लाभांश पारित Read Next

लक्ष्मी बैंकको लाभांश पारित