मनकामना केवलकार आइतबारदेखि ५ दिनसम्म बन्द हुने, यस्तो छ कारण

काठमाडौं । मनकामना केबलकारको सेवा ५ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले बिहीबार एक सूचना जारी गर्दै मर्मत–सम्भारका लागि भन्दै आगामी भदौ २२ देखि २६ गतेसम्म केवलकारको बन्द हुने जनाएको छ ।

 

प्रालिले मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि ५ दिनसम्म समय लाग्ने भएकाले सेवा बन्द गर्न लागिएको जनाएको छ । भदौ २७ गतेदेखि केवलकार नियमित रुपमा सञ्चालन हुने प्रालिले जनाएको छ ।

 

मनकामना केबलकार वि.सं. २०५५ सालदेखि सञ्चालनमा रहेको नेपालको पहिलो केबलकार हो । प्रत्येक वर्ष हजारौं भक्तजनहरू चितवन जिल्लाको कुरिनटारको चेरेसबाट यो केबलकार हुँदै गोरखा जिल्लाको मनकामना मन्दिर पुग्ने गर्दछन् । ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो

कोहलपुरमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा Read Previous

कोहलपुरमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नयाँ सहायता व्यवस्थापन सूचना प्रणाली प्रयोगको थालनी Read Next

नयाँ सहायता व्यवस्थापन सूचना प्रणाली प्रयोगको थालनी