कोहलपुरमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२औं शाखा बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याएको छ

 

बुधबार एक समारोहका बीच बैंकका संचालक समिति सदस्य प्रकाशचन्द्र मैनालीले रिवन काटी उक्त शाखाको उद्घाटन गरे। उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो।

 

शाखामार्फत सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लगायत वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने बैंकले जनाएको छ।

 

सोहि कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई पचास हजारको आर्थिक सहयोग प्रदान गरेको छ।

 

बैंकका देशभर ८२ वटा शाखा, ७८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाई संचालनमा छन्।

नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ विषय पढाइने Read Previous

नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ विषय पढाइने

मनकामना केवलकार आइतबारदेखि ५ दिनसम्म बन्द हुने, यस्तो छ कारण Read Next

मनकामना केवलकार आइतबारदेखि ५ दिनसम्म बन्द हुने, यस्तो छ कारण