काठमाडौं । नयाँ विकसित सहायता व्यवस्थापन सूचना प्रणाली (एएमआईएस) सफ्टवेयरको औपचारिक प्रयोगको शुरुवात गरिएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा स्थानीय विकास साझेदारहरूसँगको संयुक्त बैठकमा यसको औपचारिक सुरुवात गरेका हुन् ।
उक्त कार्यक्रममा विभिन्न देशका राजदूतहरू लगायत स्थानीय विकास साझेदारहरूका प्रतिनिधिहरू उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान आर्थिक अवस्था प्रस्तुत गरेका थिए ।
गत दुई वर्षको अवधिमा भएका सुधारहरुमा प्रकाश पार्दै उनले नयाँ सफ्टवेयरले सहायता डेटा पारदर्शिता र प्रभावकारी सहायता व्यवस्थापनका क्षेत्रहरु मध्ये एक सुधार भएको बताए । खतिवडाले कानूनी प्रावधानमार्फत वित्तीय संघीयताको क्रमिक कार्यान्वयनको बारेमा नयाँ कानून र विद्यमान कानूनमा संशोधन गरी सुझाव दिएका थिए
एएमआईएस नेपाल सरकारको वेबमा आधारित अनलाइन डाटा भण्डार हो । जसले प्रयोगकर्ताहरूलाई सहायता डाटा प्रविष्ट गर्न र अनुकूलित रिपोर्ट उत्पन्न गर्न अनुमति दिन्छ । नयाँ प्रणाली अधिक उपयोगकर्ता मैत्री र व्यापक छ ।