गियर बक्स र टावर मर्मतपछि संचालनमा आयो मनकामना केबलकार

काठमाडौं । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो ।

 

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो । मर्मतसम्भार सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले बताए ।

 

केबलकार स्तरोन्नतिको चरणमा रहेको छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

आयातमा कडाइ : 'क्यास' नहुने व्यापारी समस्यामा, 'अवैधानिक कारोबार र मूल्य वृद्धि झन् बढ्ने' Read Previous

आयातमा कडाइ : 'क्यास' नहुने व्यापारी समस्यामा, 'अवैधानिक कारोबार र मूल्य वृद्धि झन् बढ्ने'

भक्तपुर-नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने ठेकेदारको प्रतिबद्धता Read Next

भक्तपुर-नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने ठेकेदारको प्रतिबद्धता