‘माइपे’ वालेटको सेवा सुरू, २५ प्रतिशतसम्मको क्यासब्याक पाइने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘माइपे’ वालेट सार्वजनिक भएको छ । डिजिटल पेमेन्ट फस्टाउँदै गइरहेको अवस्थामा आधुनिक फिचरहरू सहित ‘माइपे’ सार्वजनिक भएको हो ।

 

२०२१ नोभेम्बर २४ बाट सुरु गरिएको माइपेले पहिलो पटक एप डाउनलोड गरी कारोबार गर्नेलाई २५ प्रतिशत क्यास ब्याक योजना ल्याएको छ । योजना अन्तर्गत १०० रुपैयाँसम्म क्यासब्याक गरिने व्यवस्था गरिएको छ ।

 

यस वालेट मार्फत घरायसी आवश्यकताहरूलाई डिजिटल माध्यमबाटै पूरा गर्ने महत्वकांक्षी योजना रहेको माइपेले जनाएको छ । अहिले मोबाइल टपअप बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधाहरू उपलब्ध रहेका छन् । त्यसबाहेक वालेटबाट टीभीको बिल भुक्तानी गर्न सकिन्छ ।

 

माइपे वालेटमा सजिलै कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिन्छ र अन्य माइपे अकाउन्टमा रकमान्तरण समेत गर्न सकिन्छ । हाल माइपे सामान्य सेवाहरू सहित आफ्नो प्रणालीको स्थायीत्व परीक्षण गरिरहेको छ ।

 

माइपेका सीईओ मनोजकुमार मेहता हाल संचालनमा रहेको विद्युतीय भुक्तानी सेवा प्रदायकहरूको सेवामा रहेका बिजुली, इन्टरनेट वा अन्य बिल भुक्तानी गर्ने परम्परागत शौलिलाई उछिन्दै माइपे ग्राहकहरू माझ आएको बताउँछन् ।

 

‘हामीले सर्वसाधारणलाई अति आवश्यक सेवाहरू डिजिटल माध्यमबाटै गर्न सकिने गरी फरक र नयाँ सेवा दिने जमर्काेमा रहेका छौं,’ उनले भने ‘अहिले हामीले परीक्षणका रूपमा केही विशेषताहरू मात्रै राखेर माइपे वालेट सार्वजनिक गरेका छौं, हाम्रो वालेटको परफमेन्स र सर्वसाधारणको प्रतिकृया हेरेर छिट्टै नै हामी अति आवश्यक, सहज र नवीन सुविधाहरू सहितको पूर्ण रूपको वालेट सार्वजनिक गर्नेछौं ।’

सेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी Read Previous

सेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

फस्टाउँदै विद्युतीय चुलोको व्यापार, कुन कम्पनीको चुलोको कति पर्छ मूल्य ? Read Next

फस्टाउँदै विद्युतीय चुलोको व्यापार, कुन कम्पनीको चुलोको कति पर्छ मूल्य ?