जहाँ ड्राइभरबिनै ट्याक्सीले दिन्छ सेवा

काठमाडौं । बेइजिङमा अधिकारीहरूले स्वचालित ट्याक्सी चलाउन अनुमति दिएका छन्। चिनियाँ अधिकारीहरूले एक अध्ययनपछि बेइजिङमा स्वचालित ट्याक्सी चलाउन अनुमति दिएका हुन्।

 

यद्यपि, हाललाई भने भने त्यस्ता ट्याक्सीमा सुरक्षा अनुगमनका लागि एक सुपरभाइजर बस्ने चिनियाँ अधिकारीले जनाएका छन् । ती सुपरभाइजरले कारमा समस्या आए हटाउने छन् । जसले दुर्घटनाको सम्भावना ज्यादै यून हुने बताइएको छ ।

 

ती कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरले वरिपरीको वातावरण, पैदलयात्रु र सडकका अन्य सवारीसाधनबारे जानकारी दिने छ ।

 

रोबोट्याक्सी भनिने त्यस्ता सवारसाधनहरू राजधानीका दक्षिणपूर्वी भेगमा चलाइनेछ। अहिले बेइजिङको यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा सो सेवा उपलब्ध छ। यो परीक्षण सफल हुँदै गए ठूलो सङ्ख्यामा यस्ता ट्याक्सी चलाउने योजना छ । एजेन्सी

स्वाबलम्बन लघुवित्तको आकर्षक लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

स्वाबलम्बन लघुवित्तको आकर्षक लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

टोखा-छहरे सडक पुस महिनाभर बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध Read Next

टोखा-छहरे सडक पुस महिनाभर बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध