स्वाबलम्बन लघुवित्तको आकर्षक लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बम्पर लाभांश पाउन सेयर किन्ने आज (पुस ५ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको २५ प्रतिशत लाभांश सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन हो ।

 

लघुवित्तले साधरणसभा प्रयोजनका लागि भोलि (पुस ६ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

स्वाबलम्बन गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

प्रस्तावित लाभांश लघुवित्तको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

जसले सुडानमा खेती गरेको देखेर नेपाल भित्र्याए 'ब्ल्याक कर्न', देशभर खेती फैलाउन बाँड्दैछन् बीउ Read Previous

जसले सुडानमा खेती गरेको देखेर नेपाल भित्र्याए 'ब्ल्याक कर्न', देशभर खेती फैलाउन बाँड्दैछन् बीउ

जहाँ ड्राइभरबिनै ट्याक्सीले दिन्छ सेवा Read Next

जहाँ ड्राइभरबिनै ट्याक्सीले दिन्छ सेवा