काठमाडौं । डिशहोमको फाइबरनेट छैटौं संस्करणका ‘आइसीटी अवार्डको २०२१’ को स्पोन्सर बनेको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसीटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार हुँदैछ ।
आइसीटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसीटी अवार्डको सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाइबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्ने छ ।
आइसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आइसीटी अवार्ड, प्रडक्ट आइसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसीटी अवार्ड र पब्लिक च्वाइस आइसीटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् ।
व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आइसीटी अवार्ड, नेपाली डायस्पोरा आइसीटी अवार्ड, नेपाल बैंक पायोनियर आइसीटी अवार्ड र एनसेल वुमन आइकन आइसीटी अवार्ड विधाहरू रहेका छन ।
संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसीटी अवार्ड प्राइभेट सेक्टर डिजिटल सर्भिसेस आइसीटी अवार्ड र डिजिटल गभर्नेन्स आइसीटी अवार्ड विधाहरू समावेश छन् ।