चन्द्रागिरिको ‘न्यू इएर इभ’ अफर : २० हजारमा केबलकारदेखि खानेबस्ने व्यवस्था, अरु यस्ता छन् सुविधा

काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै चन्द्रागिरि हिल्स रिसोर्टले ‘न्यू इएर इभ’ अफर ल्याएको छ । कम्पनीले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

 

कम्पनीका अनुसार २० हजार रुपैयाँमा दुई जनालाई ब्रेकफास्ट, गाला डिनर, डिलक्स रुम उपलब्ध गराउने भएको छ । साथै, दुइतर्फी केबलकारको टिकट, स्वीमिङ, ज्याकुजी सुविधा पनि उपलब्ध गराउने छ भने स्पामा १० प्रतिशत छुट दिने चन्द्रागिरि हिल्सले जनाएको छ ।

 

कम्पनीले काठमाडौंको धार्मिक तथा पर्यटकीय स्थल चन्द्रगिरि डाँडामा गतवर्षदेखि रिसोर्ट संचालन गरिरहेको छ । संचालनमा आएदेखि नै पर्यटकको रोजाइमा पर्दै आएको रिसोर्टले हालै ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड–२०२१’ पाएको थियो ।

 

कम्पनीले चन्द्रागिरिमा केबलकार, जीपलाइन पनि संचालन गर्दै आएको छ ।

बिपी राजमार्गमा सूचना प्रणाली सञ्चालनार्थ अध्ययन, सडकको अवस्था मोबाइलबाटै थाहा हुने Read Previous

बिपी राजमार्गमा सूचना प्रणाली सञ्चालनार्थ अध्ययन, सडकको अवस्था मोबाइलबाटै थाहा हुने

डिशहोम फाइबरनेट बन्यो 'आइसीटी अवार्डको २०२१’ को स्पोन्सर Read Next

डिशहोम फाइबरनेट बन्यो 'आइसीटी अवार्डको २०२१’ को स्पोन्सर