क्लासिक टेकका ग्राहकलाई ६५० प्रतिशतसम्म निःशुल्क ब्यान्डविथ अपग्रेड

काठमाडौं । क्लासिक टेकले निःशुल्क रूपमा आफ्नो ग्राहकहरूलाई ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरेको छ। निःशुल्क १५० एाबीपीपएसदेखि ३०० एमबीपीएससम्म अपग्रेड गरिएको कम्पनीको भनाइ छ।

 

प्याकेज अपग्रेडपछि पुरानै शुल्कमा प्रयोगकर्ताहरूले हाइ स्पीड इन्टरनेटको अनुभव लिन सक्नेछन्। हाइ स्पीड इन्टटरनेट प्रयोग गर्न आम ग्राहकलाई ५ जी एचजेट डुअल ब्यान्ड राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिक टेकबाट पाइने जानकारी गराइएको छ।

 

कम्पनीकाअनुसार क्लासिक टेकले नेपालमै पहिलोपल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ–६ र ट्रिब्यान्ड राउटरसहित टाकियन १ जीबीपीएस इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरेको छ। यस इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको छ।

 

वाइफाइ–६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बिमफोर्मिङ एमयु–मुमो लगायतका सुविधाहरू रहने छ। दुर्गमदेखि सुगमसम्म ७४ जिल्लाका १०३ स्थानमा क्लसिकटेकले आफ्नो सेवा संचालन गरिरहेको कम्पको भनाइ छ।

डिशहोम फाइबरनेट बन्यो 'आइसीटी अवार्डको २०२१’ को स्पोन्सर Read Previous

डिशहोम फाइबरनेट बन्यो 'आइसीटी अवार्डको २०२१’ को स्पोन्सर

नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेश दिन परिसंघको आग्रह Read Next

नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेश दिन परिसंघको आग्रह