काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ को विजेताहरु घोषणा गरेको छ ।
यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट भाग्यसाली ७ जनाले १ लाख रुपैयाँ नगद उपहार तथा बम्परमा १ जना भाग्यशाली विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।
‘होण्डाको साथ ७’ योजना अन्तर्गत प्रदेश १ बाट एसटीसी विराटनगरकी रबिना चौधरी, प्रदेश २ बाट सिशका इन्टरप्राइजेजका रामप्रकाश यादव, प्रदेश ३ बाट एसटीसी टेकु सिटिजन्स बैंककी अनिना मानन्धर, प्रदेश ४ बाट कुँवर ब्रदर्सकी जमुना मुडभरी, प्रदेश ५ बाट अमृत इन्टरनेशनलका अनप्रसाद काफ्ले, प्रदेश ६ बाट न्यू बुलब्ल्यू अटो सेल्सकी तारा थापा र प्रदेश ७ बाट परशुराम थारुले १ लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका हुन् ।
त्यसैगरी सावित्रा श्रेष्ठ एसटी अटो प्रदेश नं. ५ ले बम्पर उपहारमा १५ लाख रुपैयाँ नगद जितेकी छन् । यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् ।
त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार रुपैयाँसम्म क्यास ब्याक पाएका छन् ।