महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौं । महालक्ष्मी विकास बैंककोे सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

 

धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा संचालित उक्त शिविरमा कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निस्शुल्क परीक्षण गरिएको हो । यस निःशुल्क स्वास्थ्य शिविरबाट करिब १०० जना लाभन्वित भएको बैंकले जनाएको छ ।

 

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागीे केही प्रयास र समयमै रोगबारे जानकारी होस भन्ने हेतुले उक्त कार्याक्रम आयोजना गरीएको बैंकको सुकेधारा शाखाका प्रबन्धक कुमार अधिकारीले जानकारी गराए ।

 

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।

 

बैंकले हाल देशभरका १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ

 

‘होण्डाको साथ ७’ स्कीमका विजेताहरू घोषणा, सातै प्रदेशकाले पाए जनही १ लाख Read Previous

‘होण्डाको साथ ७’ स्कीमका विजेताहरू घोषणा, सातै प्रदेशकाले पाए जनही १ लाख

अघि बढ्यो काठमाडौं-रक्सौल रेलमार्गको विस्तृत अध्ययन Read Next

अघि बढ्यो काठमाडौं-रक्सौल रेलमार्गको विस्तृत अध्ययन