आफ्नै निर्णयको चौतर्फी विरोधपछि बीमा समितिले गठन गर्‍यो अध्ययन समिति

काठमाडौँ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले आफैले दिएको निर्देशनको चौतर्फी आलोचनापछि अध्ययन समिति गठन गरेको छ । समितिले कार्यकारी निर्देशक राजजुरमण पौडेलको नेतृत्वमा ७ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

 

अध्ययन समितिमा पौडेलसहित निर्देशक शुशिलदेव सुवेदी, निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट दुई जना, जीवन बीमा कम्पनीको तर्फबाट एक जना, दुई पुनर्बीमा कम्पनीहरुको तर्फबाट एक/एक जना प्रतिनिधि रहने छन् ।

 

अध्ययन समितिले स्वदेशमै शतप्रतिशत पुनर्बीमा गर्दा बीमा कम्पनीहरुलाई के कति असर पर्छ भन्ने अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने समितिका अध्यक्ष पौडेलले बताए ।

 

यसअघि बीमा समितिले ९ मंसिरमा बीमा कम्पनीहरुलाई शतप्रतिशत स्वदेशमै पुर्नबीमा गर्नुपर्ने हतक्षेपकारी निर्देशन जारी गरेको थियो । समितिको उक्त निर्देशनको व्यापक आलोचना भएको थियो ।

 

केही समय अघि मात्रै संञ्चालनमा आएको हिमालयन रि इन्स्योरेन्सलाई बिजनेस दिन स्वार्थ समूहको चलखेलमा समितिले उक्त निर्देशन दिएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका थिए ।

 

स्वदेशी पुर्नर बीमा कम्पनीहरुले मात्रै जोखीम बहन गर्न नसक्ने भन्दै बीमा कम्पनीहरुले समितिको उक्त निर्देशन फिर्ता लिन माग गदै समितिलाई ज्ञापनपत्र बुझाएका थिए ।

 

बुद्ध एयरको ‘फ्लाइट अलर्ट’ सेवा सुरू Read Previous

बुद्ध एयरको ‘फ्लाइट अलर्ट’ सेवा सुरू

सेयर बजारमा उछाल, कारोबार ४० मिनेटका लागि बन्द Read Next

सेयर बजारमा उछाल, कारोबार ४० मिनेटका लागि बन्द