काठमाडौं । सेयर जारमा उछाल आएको छ । यससाताको सुरुको दुई दिनमै १६७ अंकले घटेको बजारमा आज भने उछाल आएको हो ।
बजार खुलेको दुई घण्टा नबित्दै नेप्से ५ प्रतिशतले बढेपछि कारोबार ४० मिनेटका लागि बन्द गरिएको नेप्सेले जनाएको छ ।
कारोबार खुलेको करिब डेढ घण्टा (१२ः३८) मा नेप्से सूचक ११४.२५ अंकले वृद्धि भई २३९५.९२ अंक पुगेको छ । अब ४० मिनेपछि नेप्सेमा पुनः कारोबार सूचारु हुनेछ । सोपछि नेप्से ६ प्रतिशत बढेमा पूरै दिनको लागि सेयर कारोबार बन्द हुनेछ ।