क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की नियुक्त

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार बिपिन कार्की नियुक्त गरेको छ । ब्राण्ड एम्बेस्डर नियुक्त सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय कुमार अधिकारी र कलाकार कार्कीले हस्ताक्षर गरेका हुन् ।

 

लोकप्रिय अभिनेता बिपिन कार्कीका छाड्के, पशुपति प्रसाद, जात्रौ जात्रा, सेल्फी किङ लगायतका चलचित्रले सफलता प्राप्त थियो । बहुमुखी प्रतिभाका धनी उनको फिल्मी यात्रा थिएटर कलाकारबाट सुरु भएको थियो ।

 

निजको यही सफलता, लगाव एवम् क्षमताको कदर गर्दै कम्पनीको व्यवसायिक सामाजिक उतरदायिल अन्तर्गत ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको हो । करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता कार्की सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्तगर्ने विश्वास गरेको छ ।

 

राम्रो कलाकारीताका साथै राम्रो दर्शकमा रूचाएका कलाकार सँगै काम गर्दा कम्पनीका अफर र सेवाहरुको बारेमा बजारमा सही जानकारीहरु प्रचार हुने अपेक्षा रहेको छ ।

 

सन् २००९ मा सुरू भएको क्लासकिटेकले १२ वर्षको सेवाले ७४ वटा जिल्लामा १०३ वटा ठाँउमा यगतभित सञ्चालनमा ल्याएको छ । कस्टमर सपोर्टमा विशेष ग्राहयता दिँदै आइरहेको क्लासिक टेक दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । लकडाउन भए सँगै इन्टरनेटको महत्व बढे सँगै धमाधम आउटलेट विस्तार गर्दै ग्राहकहरूलाइ छिटो र छरितो सेवा दिइ रहेको छ ।

 

कम्पनीले निकट भविष्यमै ५०० एमबीपीएस सम्मको हाइ स्पिड इन्टरनेट सेवा रहेका गाँउघरमा पुर्याउने हिसाबले सुलभ मूल्यमा नेपालीको पहुँच पुग्नेगरि छिट्टै नै नयाँ सेवा ल्याउने तयारी गरीरहेको छ ।

 

क्लासिक टेकले सधैं ग्राहकलाई अझ सस्तो मूल्यमा स्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको छ र यस सहकार्य ग्राहकहरूसम्म पुग्न तत्पर रहेको छ, यस सहकार्यमा क्लासिक टेकले ग्राहकबाट राम्रो प्रतिक्रियाको आशा राखेको छ र थप मानिसहरूसँग जोडिने आशा पनि गरिरहेको छ । यसबाट इन्टरनेट सेवा प्रदायक कम्पनी र कलकारीता क्षेत्रबीचको सम्बन्ध थप मजबुद हुँदै जाने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा समावेश Read Previous

लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा समावेश

बुद्ध एयरको ‘फ्लाइट अलर्ट’ सेवा सुरू Read Next

बुद्ध एयरको ‘फ्लाइट अलर्ट’ सेवा सुरू