लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा समावेश

काठमाडौं । लक्ष्मी बैंकले दिगो वातावरणप्रती को प्रतिवद्वतालाई निरन्तरता दिने क्रममा पछिल्लॊ कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिक्याफ)मा सामेल भएको छ ।

 

पिक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयॊग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरु बीचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटिभ ले पनि पिक्याफको विधिलाई वित्तिय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ ।

 

लक्ष्मी बैंकले पिक्याफमा सामेल भई नेट शून्य भविष्यतर्फ अग्रसर हुँदै कोप २६ मा नेपालको राष्टृय प्रतिबद्वतालाई समेत सहयॊग पुग्नेछ । यस साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनके माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्बिम्वित गरेकॊ छ।

 

ूहाम्रो व्यवसायबाट हुने वित्तिय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ,ू लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, ‘पिक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंककॊ ‘ओरेन्ज लभ्स ग्रीन’ पहलसँग समेत जोडिएको छ, । तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवर्द्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौं।

 

सिद्धार्थ राजमार्ग १५ दिन बन्द हुने Read Previous

सिद्धार्थ राजमार्ग १५ दिन बन्द हुने

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की नियुक्त Read Next

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की नियुक्त