अमेरिकी डलरको भाउ १७ महिना यताकै उच्च, कति पुग्यो ?

काठमाडौं । अमेरिकी डलरको भाउ डेढ वर्ष यताकै उच्च भएको छ । पछिल्लो समय डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएसँगै डलरको भाउ आकाशिएको हो ।

 

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको विक्रीदर १२१.५३ रुपैयाँ तोकिएको छ । सोही दिन एक अमेरिकी डलरको खरिद दर १२०.५३ रुपैयाँ छ ।

 

यो पछिल्लो १७ महिना यताकै उच्च हो । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै यसको भाउ उकालो लागेको हो । डलरको भाउ लगातार बढ्दा नेपाली रुपैयाँ भने कमजोर हुँदै गएको छ ।

भक्तपुरमा ग्रामीण चक्रपथ निर्माण सुरु, यस्तो छ रुट Read Previous

भक्तपुरमा ग्रामीण चक्रपथ निर्माण सुरु, यस्तो छ रुट

झन्डै १५ लाखले पाउने आइपीओ आउँदै Read Next

झन्डै १५ लाखले पाउने आइपीओ आउँदै