काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा काँठ क्षेत्रको ग्रामीण चक्रपथ निर्माण सुरु भएको छ । उपत्यका काँठ चक्रपथअन्तर्गत दधिकोट तर्खगालबाट बिरुवा जाने सडक ११ मिटर चौडाइ विस्तार, स्तरोन्नति एवं कालोपत्र सुरु भएको हो ।
काँठ क्षेत्रको ग्रामीण चक्रपथ निर्माणको शनिबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले शिलान्यास गरे।
सूर्यविनायक नगरपालिका–५ स्थित परोपकार, तर्खगाल, पातलेटार हुँदै बिरुवा जाने उक्त सडक वाग्मती प्रदेश परियोजनाअन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालयको डिजाइन र सुपरीवेक्षणमा निर्माण सुरु भएको हो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बस्नेतले एमाले सत्ता पक्ष वा प्रतिपक्षमा रहँदा पनि विकासकै लागि अहोरात्र खट्छ भन्दै सबै दलका नेताले विकासमा ऐक्यबद्धता र राजनीतिमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।