काठमाडौं । निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले आफ्नै बीमा भवनको उद्घाटन गरेको छ । बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौंको ज्ञानेश्वरमा कम्पनीको भवनको उद्घाटन गरेका हुन् ।
नेकोका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले विगत ६/७ वर्षको अवधिमा कम्पनीले राम्रो उपलब्धी हासिल गरेकोे बताए ।
६/७ वर्ष अघि मर्जरमा जाने तयारी गरेको नेकको अहिले सबै आर्थिक सूचकमा अब्बल मानिएको छ । अन्य बीमा कम्पनीहरुलाई टक्कर दिँदैै नेको इन्स्योरेन्स व्यवसाय विस्तारमा आक्रमक देखिएको छ ।
कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत बीमा विज्ञ भोजराज शर्माले कुनै समयमा नेको इन्स्योरेन्स कम्पनी हवाई बीमामा पहिलो नम्बरमा रहेको बताए । कम्पनीले २५ औं वर्षको अवधिमा धेरै आरोहअवरोह पार गर्दै अहिलेको अवस्थामा पुगेको उनले स्मरण गरे ।