लक्ष्मी बैंकले एकैसाथ संचालनमा ल्यायो २ नँँया शाखा र एक एक्स्टेन्सन काउण्टर

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नँँया शाखा संचालनमा ल्याएकोे छ । बैंकले सुनसरीको इनरुवा नगरपालिका१ को शान्ती चोक र मोरङको उर्लाबारी नगरपालिका–५, उर्लाबारी चोकमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

 

साथै, लक्ष्मी बैंकले आफ्नो ९औं एक्स्टेन्सन काउन्टर जाजरकोटको बारेकोट गाउँपालिका-८ स्थित सेपुखोलामा स्थापना गरेको छ । यी शाखाहरु मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

 

यी शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

 

शाखा विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

यी दुई नयाँ शाखासहित लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४० वटा, ९ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७० एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

केरा खेतीले बदलेको सुरेन्द्र चौधरीको जीवन, कसैले ऋण नपत्याउने अवस्थाबाट बने अरुलाई ऋण दिनसक्ने Read Previous

केरा खेतीले बदलेको सुरेन्द्र चौधरीको जीवन, कसैले ऋण नपत्याउने अवस्थाबाट बने अरुलाई ऋण दिनसक्ने

नेको इन्स्योरेन्स अब आफ्नै भवनमा Read Next

नेको इन्स्योरेन्स अब आफ्नै भवनमा