काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा १ देखि ९ रोपनीसम्म क्षेत्रफलको जग्गा खरिद गर्ने भएको छ ।
कम्पनीले जग्गा खरीदको लागि गोप्य शिलबन्दी पेश गर्नको लागि सार्वजनिक सूचना प्रकाशन गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी , थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा घरजग्गा खरीद गर्न लागेको जनाएको छ ।
कम्पनीले ८ मिटर चौडा सडकले छोएको घरजग्गा किन्न लागिएको जनाएको छ । कम्पनीले खोजे अनुसार घरजग्गा बेच्न चाहने जग्गाधनीले प्रतिरोपनी मूल्य, जग्गाको नक्सा, जग्गाधनी प्रमाणपत्र, तिरो तिरेको रसिद लगायत कागजातसहित १५ दिन भित्र कम्पनीमा बोलपत्र पेश गर्नुपर्नेछ ।